पछिल्लो समय नायिकाहरु चलचित्र निर्माणमा अगाडी छन् । कतियप नायिकाहरुले निर्माण गरेको चलचित्र सफल भएका छन् भने कति चलचित्रले पानी समेत भन्न पाएका छैनन् । यसैमा नायिका आँचल शर्माले पनि चलचित्र बनाउने तयारी थालेकी छिन् ।उदिप श्रेष्ठसँग केही महिना अघि बिवाह बन्धनमा बाँधिएकी आँचलले उदिपसँगै मिलेर चलचित्र निर्माण गर्न लागेकी हुन् । बुझिए अनुसार चलचित्रको निर्देशनको लागी आँचलले निर्देशक मिलन चाम्सलाई प्रस्ताव राखेकी छन् । चलचित्र निर्माणको तयारीमा जुटेकी आँचलले केही बढी समय लिएर राम्रो चलचित्र बनाउने तयारी रहेको बुझिएको छ ।