नायिका केकी अधिकारी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।’पहिलो माया’ बोलको भिडियोमा केकीको पहिलो प्रेमी बनेको छन् सुधिर श्रेष्ठ । रचना रिमालको स्वर रहेको सार्वजनिक गीतमा शंकर थापाको संगीत रहेको छ भने पुनम माथेको शब्द रहेको छ ।

भिडियोमा भने केकी र सुधिरलँगै प्रियाना आचार्यको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।