गायक किरण भुजेल र गायिका एलिना चौहानको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'ज्यानै दिन राजि भाको छु' बोलको गीतमा नारायण रसाइलीको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ ।
रामजी लामिछानेको कोरियोग्राफी निर्देशनमा तयार भएको गीतको भिडियोमा सुधिर श्रेष्ठ, अजय मगर, गरिमा शर्मा र जुना सुन्दास फिचर रहेका छन्। सौरभ लामाले खिचेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।