एक समय चलचित्र नगरीका चर्चित जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर पुनः एकसाथ भिडियोमा देखिएका छन् । लामो समयपछि यि दुई गायिका अन्जु पन्तको नयाँ गित ‘यादका लहरहरु’को भिडियोमा देखिएका हुन् । सार्वजनिक गीतमा डा. प्रकाश पौडेलको शब्द रहेको छ भने राज सागरको संगीत रहेको छ ।

सार्वजनिक भिडियोलाई हरि हुमागाईले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन रहेको छ भने प्रविन श्रेष्ठको सम्पादन रहेको छ ।