कमेडी च्याम्पियन पहिलो सिजनले सफलता पाएसँगै अब यहि टिमले नेपालमा डान्स रियालिटी शो ‘डान्स मास्टर लिटल चाम्स’ ल्याउने भएको छ । १५ बर्ष मुनीका बालबालिकाले यो शोमा भाग लिन पाउने छन् । बिशाल भण्डारीको निर्देशनमा सुरु हुन लागेको शोमा ३२ वटा एपिसोड हुने छ । बिशाल यतिबेला कमेडी च्याम्पियन सिजन दुईको तयारीमा छन् । कमेडी च्याम्पियन सिजन २ सकिएसँगै डान्सको रियालिटी शो सुरु हुने छ ।

‘डान्स मास्टर लिटल चाम्स’ ल्याउदै बिशाल भण्डारी

थ्रि-प्रोडक्शन र नेपा प्रोडक्शनको संयुक्त लगानीमा सुरु हुन लागेको शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ । यो शोमा तिज जना जज हरु हुनेछन् भने एकजना सुपर जज रहने बताइएको छ । सुपरजजमा भने नेपाली नायिकासँग कुरा भइरहेको बताइएको छ । त्यस्तै अन्य जजमा भने भारतमा रहेको नेपाली डान्सरहरु हुने जानकारी दिइएको छ । तर को हुने छन् त्यसबारेमा खुलाइएको छैन । डान्स मास्टर लिटल चाम्सको बिजेताले २५ लाख पाउने छन् भने फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयॉ पाउने छन् । तर उक्त रकम आफ्नो कोरियोग्राफरसँग ५०/५० प्रतिशत बाड्नु पर्ने आयोजक बताउछन् ।