सर्ट फिल्म 'सम्बन्धक्' सार्वजनिक भएको छ । सिद्धार्थ पुडासैनीद्वारा निर्देशित फिल्म भाइटिकाको पूर्व सन्ध्यामा युट्युबमा रिलिज भएको हो। फिल्ममा दाजु, बहिनी र भाइको कथा देखाइएको छ । बहिनी नेहा ग्राफिक डिजाइन पढ्नका लागि अस्ट्रेलिया जान चाहन्छिन्। उसको योजनामा दाजु र भाइको भने साथ रहँदैन किनकि उनीहरू नेहामा निर्भर हुन्छन् । परिवारप्रतिको जिम्मेवारीकै कारण नेहाको विदेशीले योजना पूरा नहुने मोडमा पुग्छ । उनका लागि सम्बन्ध नै बन्धक बन्छ । बन्धनबाट फुत्कन नेहाले गर्ने सङ्घर्ष 'सम्बन्धक्'को कथा हो । फिल्मको कथा निर्देशक पुडासैनीले नै लेखेका हुन्। फिल्म सम्पादन पनि उनले नै गरेका हुन् । फिल्ममा
कलाकारहरू मिरा खड्का, सन्देश शाक्य, सीमान्त पुडासैनी, आकाङ्क्षा जिसी, सिद्धान्त पुडासैनीको अभिनय रहेको छ । 
'टुनामुना' प्रोडक्सनको प्रस्तुति फिल्मलाई मनिस पोखरेल र क्षितिज कार्कीले खिचेका हुन् ।