पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेको महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मालिङ्गो’ नाम रहेको नयाँ म्युजिकमा उनी गायिको स्मिता दाहालसँग देखिएका छन् । युट्युवबाट रिलिज भएको उत्त गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर रहेको छ भने शब्द सुनिता नेपाल सुवेदीको रहेको छ । सार्वजनिक गीतमा संगित राजनराज सिवाकोटीको रहेको छ ।

सरोज वलीको निर्देशनमा बनेको भिडियोमा अभिनेता हमालले पत्रिका बेच्नेको भुमिका निर्वाह गरेका छन् । भिडियोको कथा र कोरियोग्राफ़ी सुनिल क्षेत्रीको रहेको छ । भुवेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् ।