गायक प्रताप दासको नयाँ गीत ‘कसरी ‘सार्वजनिक भएको छ । सुवास भूषालको संगीत रहेको गीतमा बि पाण्डेको शब्द छन् । डिमन क्षेत्री र सम्झना रिमाल अभिनित गीतको भिडियोलाई गणेश शाहीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा प्रेम सम्बन्धमा पैसाले पार्ने प्रभावलाई प्रस्तुत गरिएको छ । भिडियोमा डिमन र सम्झनासँगै मदन सेन्चुरीको पनि अभिनय छ । स्वरमा प्रताप दासलाई मेलिना राईले साथ दिएकी छिन् । कसरी गीतको भिडियोको छायाँकन र सम्पादन फराज अर्पणले गरेका हुन् ।