बलिउड अभिनेता सुनिल सेट्टी नेपाल आइपुगेका छन् । उनी शुक्रबार गुपचुप रुपमा चन्द्रागिरी पु्गेका थिए ।

नेपाल कहिले र किन आएका नखुलाएता पनि शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए । सुनिलले भालेश्वर महादेवको दर्शन गर्दै नेपाल सुन्दर पर्यटकीय स्थल रहेको बताएका छन् ।