गायक निशान भट्टराईको आवाज रहेको गीत ‘तिमीलाई देखेपछि माया पलायो’सार्वजनिक भएको छ l सार्वजनिक गीतको भिडियो निर्देशन सुरेश दर्पण पोखरेलको रहेको छ l   डिभाइन म्युजीको नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको शब्द निल्कन्ठ सुवेदीले कोरेका हुन भने चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत समावेश रहेको छ l गीतमा भरत. बी .सुवेदी र डा. सामेन श्रेष्ठ फिचर्ड छन् l  अमेरिकाको विभिन्न स्थानहरूमा खिचिएको भिडियोमा विनोद अधिकारीको छायाङ्कन, भरत रेग्मीको सम्पादन तथा कलर ग्रेडिंग र एमोस तामाङको एरेन्ज रहेको छ