केही समय अघिमात्र चलचित्र ‘रेड वाइन ‘मा नायक पल शाह र नायिका साम्राज्ञी शाह फाइनल भएका थिए । छायांकनको तयारीमा रहेको यो चलचित्रबाट नायक पल शाह बाहिरिएका छन् । पल बाहिरिएसँगै चलचित्रमा अर्का नायक पुष्प खड्का अनुबन्धित भइसकेका छन् । बुझिए अनुसार चलचित्र टिम र खड्काबिच कागजी सम्झौता भइसकेको छ। पुष्प र साम्राज्ञीको यो दोस्रो सहकार्य हो । यसअघि यि दुई ‘मारुनी’मा एकसाथ देखिएका थिए । अधिकांश छायांकन अमेरिका र केही नेपालमा हुने चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गर्न लागेका हुन् । चलचित्रमा सबिर श्रेष्ठको पटकथा र संवाद रहने छ । आर्यन फिल्मस प्रोडक्शन र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पासाङ लामा कप आर्यन पौडेलको लगानी रहने छ ।