कोरोना महामारीको कारण रोकिएको चलचित्र ‘परदेशी २’ को सुटिङ सुरु भएको छ । चलचित्रको सम्पूर्ण टिम पाल्पा पुगेसँगै गत बिहिबारबाट चलचित्रको सुटिङ सुरु भएको हो । चलचित्रको छायाँकन लकडाउन हुनु अघि ७०% सकिसकेको छ । २०१५ मा रिलिज भएको परदेशीको सिक्वललाई नारायण रायमाझीलको निर्देशन गर्दैछन् । चलचित्रमा दिलिप रायमाझी, प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत कलाकारको अभिनय रहेको छ । । निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेको चलचित्रमा गायक तथा अभिनेता प्रशान्त तामाङको पनि अभिनय रहनेछ ।