नजिकिँदै गरेको स्वरसम्राट नारायण गोपालको ३० औँ स्मृति दिवस को अवसर पारेर गायक सुगम पोखरेलले स्वर सम्राट् नारायण गोपाल को सम्झनामा "श्रद्धेय नारायण गोपाल " बोल को गीत सार्वजनिक गरेका छन्। सुगमले गीतको भिडियो सँगै स्वरसम्राट नारायण गोपाल को छोटो चिनारी भिडियो पनि राखेका छन् । पछिल्लो समय केही फरक किसिमका गीत संगीत सार्वजनिक गरिरहेका सुगमले नेपाली संगीतका स्रष्टामाथि पहिलो पल्ट गीत तयार पारेका हुन् l गीतमा शब्द संगीत सुगम आफै ले दिएका छन् भने संगीत संयोजन मनोज कुमार के सी को रहेको छ। मन्दिप बखुंचे र मिलन तामाङले खिचेको गीतको भिडियोलाई मनोज सापकोटाले सम्पादन गरेका छन् भने निर्देशन सुगम सँगै मनोज सापकोटाले गरेका हुन्। गीतलाई सुगमको आफ्नै युट्युब मार्फत सार्वजनिक गरेका छन्।