नेपाल चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिने भएकी छिन् । धनगढीका विजयन्द्र सिंह रावतसँग  लगनगाँठो कस्न लागेकी श्वेताले  नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन पछि एकल जीवन बिताइरहेकी श्वेताले मङ्सिर २२ गते विजयन्द्र सिंह रावतसँग  विवाह बन्धनमा  बाधीन लागेकी हुन l उनीहरू दुवै केही समयदेखि प्रेममा थिए । निमन्त्रणा पत्र समेत सार्वजनिक भइसकेको छ भने  विवाह कार्डमा लेखिए अनुसार उनको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा  हुने छ । ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी श्वेताको विवाहको खबरले केही समय देखी नै मिडियामा निकै नै चर्चा पाइरहेको थियो l  

 

मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का