अभिनेत्री उपासना ठकुरी नयाँ फिल्ममा अनुबन्धित भएकी छन् l फिल्म रहेको छ ‘डिसेम्बर फल्स’ l माघ ४ गतेबाट छायांकन सुरु हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’ को मुख्य भूमिकामा अभिनेत्रीमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी हुन । यस अघि फिल्ममा सुहानालाई अफर गरिएको थियो l छायांकनरत फिल्म ‘ए मेरो हजुर ४’ का कारण उनले फिल्म गर्न अस्वीकार गरेपछि निर्माण टिमले उपासनालाई मुख्य अभिनेत्रीमा अनुबन्ध गरेको हो । मंगलवार ‘डिसेम्बर फल्स’ साइन गरेकी उपासनाको यो तेश्रो चलचित्र हो l यस अघि उनले कबड्डी ३ र क्याप्टेनमा काम गरी सकेकी छन् जुन व्यापारिक हिसाबमा यी दुवै चलचित्र सफल रहेका छ । प्रवीण झाको निर्देशनमा बन्न लागेको लभ स्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’ मा सलोन बस्नेत, सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारको पनि अभिनय रहनेछ । राम प्रसाद रिजालको प्रस्तुतिमा निर्माण हुने फिल्मको निर्मातामा राज कुमार भट्ट रहेका छन् । केदार भुसालको पटकथा तथा संवाद रहेको फिल्ममा रवि नाइडुको छायांकन रहनेछ ।