दीपक ओली निर्देशित चलचित्र 'कृष्ण लीला' यती बेला छायांकनको क्रममा रहेको छ l अभिनेता पुष्प खड्का र श्रद्धा छेत्रीको चलचित्रमा मुख्य भुम्निकामा रहेको छ l हाल सिनेमा पूर्वको इलामका रमणीय स्थानमा छायांकन भइरहेको छ । लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमाको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीतबाट सुरु भएको कार्यकारी निर्माता रत्न श्रेष्ठले जानकारी दिए । गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् । निर्माण टिमले सार्वजनिक गरेको गीतका तस्बिर मा पुष्प र श्रद्धालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।