प्रकाश सपुत र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l सजल न्यौपानेको आवाज शब्द र संगीत रहेको 'जुहारी' नामक म्युजिक भिडियो सार्वजनिक भएको हो l आवाजमा सजललाई सम्झना पाण्डेले साथ दिएकी छन् l विकास दाहालको सम्पादन रहेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन l अनुप चापागाईँको निर्देशन साथै कन्सेप्ट रहेको म्युजिक भिडियोमा प्रकाश र आँचल सँगै क्षितिज उप्रेती र रोजिना कार्की पनि फिचर्ड छन् l गीतको एरेन्ज बीएन निराकरको रहेको छ l सुबोल थापाको कोरीयोग्राफी रहेको म्युजिक भिडियोलाई सम्झना पाण्डेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ l