अघिल्लो बर्षको सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को सिक्वेल रहेको ‘छक्का पञ्जा २’को पोस्टर सार्वजनिक भएको छ । मित्रता दिवसको अवसर पारेर चलचित्रकी निर्देशक दिपाश्री निरौलाले फेसबुक मार्फत चलचित्रको पोस्टर सार्वजनिक गरेकी हुन् । पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु समावेश छन् ।
असोज ११ गते प्रदर्शनको तयारीमा रहेको छक्का पन्जा २ को सार्वजनिक पोस्टरमा चलचित्रको तिन नायिका प्रिंयका कार्की, बर्षा रावत र स्वस्तिमा खड्कालाई दुलहीको भेषमा देखाइएको छ । त्यस्तै जितु नेपाल, केदार घिमिरे माग्ने बुढा, दिपकराज गिरि र बुद्धि तामाङ पनि पोस्टरमा अटाएका छन् । आमा सरस्वती मुभिज प्रालिको प्रस्तुति रहेको चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन रहेको छ।