यस बर्षको मिस नेपाल वर्ल्ड-२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । उनले २० जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधी हात पारेकी हुन् । पार्क भिलेजमा सम्पन्न भएको प्रतिस्पर्धामा उपाधी जितेकी नम्रतालाई पुर्व मिस नेपाल अनुष्का श्रेष्ठले ताज पहिराइदिएकी थिइन् । काठमाडौँकी १९ वर्षिय नम्रताले दोस्रो पटकको सहभागितामा उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल सुप्रानेसनलको उपाधि सिमल कनौजियाले जितिन् भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या  शर्माले पहिरिइन् ।