पछिल्लो समय चर्चामा रहेको गीत ‘फुल बुट्टे सारी’ को लेडी भर्जन सार्वजनिक भएको छ । गायिका मिलन नेवारको आवाजमा रहेको गीतको भिडियोमा नायक पल शाह र नायिका मलिका महतको अभिनय रहेको छ । पछिल्लो समय बिशेष गरि टिकटकबाट यो गीत एकाएक चर्चामा रहेको थियो । यो गीतको सर्जक राजनराज सिवाकोटी हुन् । गितमा राजनराजको शब्द संगीत रहेको छ । केन्द्र मोसन पिचर्सबाट रिलिज भएको गीतको भिडियोलाई भने राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन बिकाश दाहालले गरेका हुन्