गायक निशान भट्टराईको आवाज रहेको 'सरला' बोलको गीत सार्वजनिक भएको छ l विकास सुवेदीको कन्सेप्ट र निर्देशनमा रहेको म्युजिक भिडियोमा अभिनेता नाजिर हुसेन ,अनु थापा र प्रलाद शाह फिचर्ड छन् l प्रलाद शाहको शब्द रहेको गीतको संगीत सुवास भुसालको रहेको छ l गीतमा हास्य कलाकार / गायिका सन्ध्या बुढाको कोरस भोकल समावेश गरिएको छl जीवन थापाको सम्पादन रहेको भिडियोलाई सागर प्रधानले खिचेका छन् l सागरलाई क्यामेरामा भूपाल कार्कीले साथ दिएका छन् भने निर्देशनमा फडिन्द्र बोहोराले l उदय राज पौडेलको एरेन्ज र मिक्सिङ मास्टरिङ् अशोक महर्जनको रहेको छ l गीतलाई भाका एन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ l