गायक सरोज साजन श्रेष्ठ र नायिका समीक्षा अधिकारीको स्वरमा समावेश डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक भएको छ । विधान कार्कीको निर्देशन रहेको भिडियोमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत  रहेको छ l सार्वजनिक भिडियोमा सुधीर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री र रुविसा श्रेष्ठको अभिनय रहेको छ l  युवा–युवतिबिच हुने प्रेम, मन परेको मानिसलाई फकाउनका लागि युवकले गरेको विभिन्न तरिकालाई गीतमा प्रस्तुत गरिएको छ ।  विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाङ्कन , सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोलाई संगीतकार पोखरेलले डान्सिङ शैलीमा तयार गरेका छन् ।  ।