नेपाली चलचित्र ‘हुर्रे’ बन्ने भएको छ । यम थापाका लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रमा केकी अधिकारी, अनुपविक्रम शाही, राजाराम पौडेल, विजय बराल , अंकित खड्का लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरि चलचित्रको निर्माण घोषणा गरिएको हो । पशुपति परिसरकाे कथालाइ चलचित्रमा समेटिएकाे निमार्ण पक्षले जनाएकाे छ ।
सोनाम लामा व्लोन र छिरिङ दोर्जे लामा निर्माता रहेको चलचित्र द याक्का इन्टरटेन्मेन्ट प्रस्तुति रहेको छ। चलचित्रमा रोशन भट्टराईको द्धन्द्ध रहने, शिव ढकालको छायाँकनको साथै कालीप्रसाद बास्कोटा र राजनराज शिवाकोटीको संगीत रहने छ ।