गायक निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l 'तिमी सँग मन साटे' नामक बोलको गीत श्याम कार्की एन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ l सोर्निम थापाको निर्देशन र कोरीयोग्राफी रहेको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको  अभिनय रहेको छ। रवि मल्लको शब्दसंगीत, दीक्षित पौडेलको एरेन्ज रहेको यस गीतको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन समावेश गरिएको  छ l