निर्देशक विशाल भण्डारीको निर्देशनमा चलचित्र 'कहानी तिम्रो मेरो' बन्ने भएको छ l मुख्य भूमिकामा नीराजन प्रधान र केकी अधिकारी रहने चलचित्रलाई थ्री प्रोडक्सनले निर्माण गर्न लागेको हो l अन्य कलाकारहरूको भने छनोट हुन बाँकी रहेको छ l  (रोमकम) जनरामा निर्माण हुने  चलचित्रको हाल स्क्रिप्ट तथा संवादमा साथै गीतसंगीतको काम भइरहेको छ l यस अघि उनले कोहलपुर एक्सप्रेस निर्माण गरेका थिए l  २०७८ को दसैँमा चलचित्रलाई प्रदर्शनमा लेराउने लक्ष्य राखेका विशाल हाल 'कमेडी च्याम्पियन सिजन-२' को तयारीमा छन् ।