अभिनेत्री स्वस्तिमा खड्का निर्देशक दीपेन्द्र के खनालको आगामी चलचित्र 'चिसो मान्छे' मा अनुबन्धित भएकी छन् l मुख्य भूमिकामा निर्देशक दीपेन्द्रले स्वस्तिमालाई अनुबन्धित गरेका हुन l केही समय अघि सो खबर बाहिरिएता पनि चलचित्रमा स्वस्तिमा हुन्छिन् या हुँदिनन् भने खबर चाहिँ पक्का भैसकेको थिएन l चलचित्रको लागी महँगो पारिश्रमिक लिएकी स्वस्तिमा र निर्माण पक्षबिच बुधवार  लिखित सम्झौता भएको हो । सिनेमाले मानिसहरूमा देखिएको नैराश्यताको कथालाई प्रस्तुत गर्नेछ । डिएस डिजिटलको ब्यानरमा निमार्ण हुने सिनेमालाई शर्मिला पाण्डेले निर्माण गर्दै छिन् । सिनेमामा अहिलेको समयका मान्छेहरूको व्यवहारलाई प्रस्तुत गर्ने निर्देशक खनालले बताए । ‘चिसो मान्छे’ अर्को वर्षको भाद्र ११ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको छ । दीपेन्द्र र स्वस्तिमाको यो दोश्रो पटकको सहकार्य हो l यस अघि यी दुईले ‘लभ लभ लभ’मा सहकार्य गरी सकेका छन् l