‘डान्सिङ विथ दि स्टार्सकी प्रतिस्पर्धी फुलेन्देकी आमा 'उमेश राई'सेमिफाइनल बाट बाहिरिएकी छन् l हिमालयन टेलिभिजन बाट प्रसारण भै रहेको रियालिटी शो मा उमेश सँगै उनका कोरियोग्राफर पनि एलीमिनेट भएका हुन l शो बाट बाहिरिनु अघि उमेशले आफ्नो केही कुराहरू व्यक्त गरेका थिए l ‘म कमेडी गर्ने मानिस यो शोमा आएर पहिलो पटक नाचेको हुँ । यो शोमा आउनु नै मेरा लागि जित्नु जस्तै थियो । नेपालमा पनि यति राम्रो रियालिटी शो आएकोमा खुसी लागेको छ । दुःखको कुरा के रह्यो भने मैले टाइटल जित्न सकिनँ । तर, पनि दर्शकहरूका लागि म निराश बनाउँदिनँ । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा वान्तवा राई निर्णायकको रूपमा रहेको रियालीटी शोको फाइनलमा अब तीन जोडी प्रस्थान गरेका छन l बुद्ध लामा र केविका, प्रियाणा आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्की पुगेका छन् । तीन जोडी बिच प्रतिपर्धा हुने शोको फाइनलमा दर्शकको भोट नै शतप्रतिशत मान्य हुने बताइएको छ ।