सुमन के सी र मेलिना राईको आवाज रहेको गीत 'मायाको फूल बारी' रिलिज भएको छ l सुरेश घोन्डे गुरुङको शब्द तथा संगीत रहेको गीतको निर्देशन शान थापाको रहेको छ l सार्वजनिक भिडियोमा नायक पुष्प खड्का र सुशीला थापा फिचर्ड छन् l विवेक सुनारको सम्पादन ,चन्द्र चौधरीको मिक्सिङ मास्टरिङ, राजीव समरको कोरीयोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाङकन रहेको छ l गीतलाई सी जी एस् एन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ l