फिल्म 'दाल भात तर्कारी' युट्युबको ट्रेन्डिङमा परेको छ l फिल्मलाई हास्य कलाकार राता मकै किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन्। विदेश जान खोज्नेलाई चोटिलो व्यङ्ग्य प्रहार गरेको फिल्मको कथाले देखाएको छ l फिल्ममा मह जोडी सँगै ,बसुन्धारा भुसाल ,किरण केसी , राजा राम पौडेल , निरुता सिंह ,पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, प्रियङ्का कार्की  लगायत कलाकारहरूको अभिनय रहेको छ l युट्युबमा हाल सम्म फिल्मलाई  नौ लाख त्रियान् नब्बे हजार उनान् नब्बे जनाले हेरी सकेका छन् भने फिल्ममा २६ हजार लाइक र एक हजार सात सय डिसलाइक रहेको छ l फिल्मको कथा संवाद कलाकार हरिवंश आचार्यको रहेको छ l