बिरु लामा र विष्णु माझीको भोकलमा नयाँ गीत सार्वजनिक भएको छ l 'भिरमा सेती गाई' बोलको गीतलाई केही समय अघि शिव हमालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो l शिव हमालको शब्द रचना र संगीत रहेको गीतको भिडियो निर्देशन र कोरीयोग्राफी मौसम हिमालीको रहेको छ l सागर लम्साल 'बले'र रुबिना अधिकारीको अभिनय रहेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन l प्रवीण भट्टको सम्पादन ,सुनिल पारीयारको एरेन्ज रहेको गीतको पोस्ट प्रोडक्सन बिपी फिल्म्स नेपालको रहेको छ l