हरि लम्साल र रचना रिमालको आवाजमा रहेको नयाँ गीत चिठ्ठीसँगै तिम्रो फोटो... सार्वजनिक भएको छ । अभिनेत्री लक्ष्मी बर्देवाको शब्द रचना रहेको गीतमा  हरि लम्सालले सङ्गीत भरेका छन् । गीतको भिडियोलाई लक्ष्मीले निर्देशन गर्नुका साथै भिडियोमा स्वयम लक्ष्मी र जीवन भट्टराईको अभिनय रहेको छ l लक्ष्मी र जीवनसँगै भिडियोमा आश्विन बर्देवालाई पनि देख्न सकिने छ । विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् l गीतलाई लक्ष्मी बर्देवाको अफिसियल युट्युब च्यानल बाट हेर्न सकिने छ l