नेपाली सिने बजारमा यतीखेर कस्ले के गर्यो ? भन्दा पनि कस्को बिहे को सँग भयो ? भने खबर र को को सेलीब्रेटीहरु विवाह बन्धनमा बाधीदै छन् ? भने समाचारले राम्रो स्थान पाइरहेको छ l केही दीन अघि मात्र विवाह बन्धनमा बाधीएकी श्वेताको हल्ला नसकिँदै अर्की अभिनेत्री वर्षा सिवाकोटीको खबरले नेपाली सिने बजारलाई राम्रै सँग तताइ रहेको छ l हास्य कलाकार मनोज गजुरेल सँग नाम जोडिए पछि वर्षा यतीखेर तनावमा छिन l केही अनलाइन मिडियाले गजुरेल र अभिनेत्री वर्षा सिवाकोटीले विवाह गर्न लागेको समाचार छापेका छन् l
समाचारले गर्दा तनावमा आएकी वर्षाले सामाजिक सञ्जालमा एकस्टाटस पोष्ट गर्दै उक्त समाचारको विषयमा आक्रोश व्यक्त गरेकी छन् । “वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरू देख्दा दया लागेर आयो । भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ । पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरूले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।
आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ । मेरो उहाँप्रति सम्मान सधैँ उचो नै रहेको छ । हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?
कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो