केन्द्र मोसन्स पिक्चर्सको प्रिजेन्टसमा 'चाकान चुकुन्' बोलको गीत सार्वजनिक भएको छ l गायक बाबुल गिरी र नित्य शिवको आवाज रहेको गीतको शब्द रचना शंकर अधिकारी 'घायल' रहेको छ l संगीत ,मिक्सिङ मास्टरिङ् र एरेन्ज गायक बाबुल गिरी स्वयमको रहेको छ l
सुरेन्द्र मल्लको निर्देशन र कन्सेप्ट रहेको गीतको भिडियोमा नाजिर हुसेन, लक्ष्मी बर्देवा ,सुनिल थापा र पवन खतिवडा 'म्याकुरी' फिचर्ड छन् l सिलन लम्सालको सम्पादन रहेको गीतको भिडियोको छायाङ्कन चक्र बासूँ बरालको रहेको छ l सियोन श्रेष्ठको कोरीयोग्राफीलाई भिडियोमा समावेश गरिएको छ l