पछिल्लो समय कलाकारितासँगै सामाजिक कार्यमा पनि कलाकारहरू निकै सक्रिय बनिरहेका छन् l कलाकार धुर्मुस-सुन्तली समाजसेवामा सक्रियरुपमा लागेसँगै धेरै कलाकारहरु सामाजिक काममा आकर्षित भएका छन् । ट्रेन्ड जस्तै बनेको समाजिक सेवामा अभिनेत्री स्वेता खड्का लगायतका केही कलाकारिता भन्दा बढी यता तिर व्यस्त छन् ।अब यस्तै समाजिक कार्यमा हात हाल्ने लिस्टमा नायिका एलिजा गौतम थपिएकी छिन् । सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउन्डेसनले धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भेगहरूमा गरिब, असहायहरूको घर बनाइदिने निर्णय गरेकी हुन् । एलिजाले सामाजिक कार्यको लागि स्थापना गरेकी एलिजा फ़ाउन्डेशनमार्फत काम गर्ने समाजिक सन्जालबाट जानकारी दिएकी हुन् ।
उनी लेख्छिन् ‘ ‘आदरणीय देश तथा विदेशमा बस्नुहुने नेपाली महानुभावहरू सबैमा मेरो सादर नमस्कार ! सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित दलिजा फाउन्डेसनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरूको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरू निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौँ । फाउन्डेसनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरूलाई सर्वविदितै छ । आउनुहोस् हातमा हात र काँधमा काँध मिलाए र यस सामाजिक कार्यको लागि सहकार्य गरौँ । अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ? भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान् कार्यको लागि तयार भएका छौँ ।’
गौतमले यसैअगाडि लेखेकी छन्, ‘यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौँ । हजुरहरूको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु ।’