पछिल्लो समयमा प्राय  नेपाली चलचित्रहरु प्रमोसन गर्नेलाई मोफसल पुग्ने गरेका छन् । यसैक्रममा साउन २७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘संरक्षण’ले मोफसलको यात्रा सुरु गरेको छ । पुर्वको बिर्तामोडबाट सुरु गरेको मोफसल दौडाह दमक, धरान, जनकपुर, बिरगंज, हेटौडा, पोखरा, बुटवल हुँदै नारायणगढ प्रिमियर सो गरेर सम्पन्न हुने छ । चलचित्रको ट्रेलर, पोस्टर र गीतहरुले चर्चा  पाइरहेको संरक्षणले मोफसलमा चलचित्रका कलाकारले दर्शकसँग सक्षात्कार गर्नेछन् ।

संरक्षणलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । प्रदिपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको लगानी रहेको चलचित्रमा मधेशको राजनितीलाई चित्रण गरेको छ । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, रमेश रंजन, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय रहेको छ ।