‘मैले रुँदा' बोलको गीत सार्वजनिक भएको छ । । गायिका अन्जु पन्तको स्वर रहेको गीतलाई गीतकार हिरा काजी थापाको रचना साथै निर्देशन रहेको छ l नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा चाँद सिंहको एरेन्ज रहेको छ । ओ एसआर डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोमा आकाश श्रेष्ठ, समीक्षा पोखरेल, आलिसा बास्तोला, प्रवीण डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय देख्न पाइने छ l गौरव गिरीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन उत्तम हुमागाईँले गरेका हुन् भने सम्पादन अनिल रानाले गरेका छन् । मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले गीतको भिडियोमा देखाइएको छ ।