मोडेलद्धय नाजिर हुसेन र सम्पदा बानिया अभिनीत म्युजिक भिडियो 'आँखैमा गाजल' बोलको गीत सार्वजनिक भएको छ l गीतमा केदार क्षेत्री बरुवाल र मेलीना राईको आवाज समावेश रहेको छ l गायक केदारकै शब्द रहेको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् l भिडियोमा राजीव समरको कोरियोग्राफी,, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।