प्रविशा  अधिकारी र सचिन तिमल्सीनाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l 'तिमी र म' बोलको गीत प्रविसाकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो l गीतको संगीत साथै शब्द सचिन तिमल्सीनाले कोरेका छन् l शान थापाको निर्देशन रहेको भिडियोको छायाङ्कन बुद्ध थापा र एरेन्ज रोमन बज्राचार्यको रहेको छ l भिडियोमा प्रविशा  र सचिन आँफैनै फिचर्ड छन् l