चलचित्र छायाङ्कनको अनुमति दिएता पनि सरकारले सिनेमा हल सञ्चालनमा कुनै अनुमति दिएको छैन l बिना अनुमतीनै सरकारको ध्यान केन्द्रित गराउन भए पनि पौष १० बाट सिनेमा हल चलाउने घोषणा हल व्यवसायीहरूको छाता संगठन चलचित्र संघले गरिसकेको छ l हल खोले पनि चलचित्र चलाउन भने सिनेकर्मीहरु त्यति आतुर छैनन् l आतुर पनि कसरी हुन सिनेकर्मीहरु , जसो तसो ९ महिना पछि चलचित्र क्षेत्र खोलीदैछ l नयाँ सिनेमा सरेपछि हल मात्र खोलेर त भएन , सिनेमा नि चलाऊन नै पर्यो l हल खोल्यो सिनेमा नि चल्यो है भन्नको लागी पनि चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधानका अनुसार, शुक्रवारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी भएको छ ।
कोरोना महामारीकै बेला यी दुई चलचित्र प्रदर्शनमा आएको थियो l कोरोना कहरको त्रासमा चलचित्र प्रदर्शनमा आए पनि केही समय पछि बाध्यता बस बन्द गर्न पर्यो l शुक्रवार बाट यी दुई चलचित्र रि_ रिलिज हुँदै छन् l यिनै चलचित्र बाट पुन:हल सुचारु हुँदै छ l यसै विषयमा केही समय देखी नै विकास बोर्डमा छलफल भएको थियो । देशभरका हल व्यवसायीहरू शुक्रवारबाट हल खोल्न उत्साहित नै छन्, तर चलचित्र हेर्ने दर्शक चाही कति उत्साहित छन् त्यो त हामीले शुक्रवार थाहा पाउने नै छौ l