नेपाली कथानक चलचित्र ‘उल्झन’को शुभ मुर्हत समारोह सम्पन्न भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको शुभ मुर्हत गरिएको हो । विदेशिएको एक युवकले विदेशमा रहन्दा भोग्नु परेको दुःख र स्वदेश फर्कदाको वातारणनै चलचित्रको मुख्य कथावस्तु रहेको छ । चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्ने छन् । आशुत्तोष फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रमा ध्रव दत्त, रजनी के.सी, बेनी ढुङगाना, दीपक ढकाल, रामचन्द्र अधिकारी , ऐनी विष्ट लगायतका कलाकारको अभिनय रहने छ ।

‘उल्झन’मा सन्तोष अधिकारी र हरि कार्कीको लगानी रहेको छ भने नवीन अधिकारी (लभ्ली, नारायण ढुङगाना कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा हिरामणि न्यौपाने र दिनेश गौतमको सङ्गीत, कुमार महर्जनको द्वन्द्व, शिव वि.क.को नृत्य रहने छ । चलचित्रमा लक्ष्मण घिमिरेको छायाङ्कन रहने छ ।