दुर्गेश थापा प्रिजेन्टसमा 'बस पर्खेर' बोलको गीत सार्वजनिक भएको छ l भिडियोमा अभिनय र संगीत सँगै गीतमा आवाज दुर्गेश र बेनिशा पौडेलको रहेको छ l  सिभ बिकको कोरीयोग्राफी र निर्देशन रहेको गीतको शब्द नेत्र अर्यालको रहेको छ l अजय रेग्मीको छायाङकन रहेको भिडियोको सम्पादन विकास ज्ञवाली, एरेन्ज योगेश काजी रहेको भिडियोमा दुर्गेश सँगै लोमश शर्मा , सारिका केसी ,आयुशी ढकाल लगायत  कलाकारहरूको अभिनय रहेको छ l भिडियोलाई दुर्गेशकै अफिसियल युट्युब च्यानल बाट हेर्न सकिने छ l