फिल्म 'वीर विक्रम २' युट्युबमा  सार्वजनिक भएको छ l  निर्माता मिलन चाम्सको निर्देशन रहेको फिल्म वीर विक्रमको दोस्रो सिक्वेल हो l  चलचित्रमा पल शाह  नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दी तामाङ मुख्य भूमिकामा छन्  । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन् भने रञ्जिता सिवाकोटी सह निर्माता रहेकी छन् । पल,नाजिर, बुद्धि र वर्षाको अलावा फिल्ममा देशभक्त खनाल, मनोज केसी, बिनिसा भण्डारी, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, रहेको फिल्म ओ एस् आर युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l