फिल्म ' छक्का पन्जा ३' हाइलाइट्स युट्युब च्यानल बाट सार्वजनिक भएको छ l छक्का पन्जा र ‘छक्का पन्जा २’ को सफलता पछि दीपक राज गिरि र दीपाश्री निरौलाले ‘छक्का पन्जा ३’ को निर्माण गरेका हुन् । यता छक्का पन्जा ४ को पनि घोषणा भैसकेको छ तर, कोरोना लगायत विविध कारणले छायांकन हुन सकेको छैन । दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म छक्का पन्जा ३ मा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले ५१ दिन समेत मनाएको थियो । युट्युबमा नेपाली फिल्म फोर के क्वालिटीमा सार्वजनिक भएको यो पहिलो फिल्म हो ।