फाल्गुन १७ लाई चलचित्र 'लप्पन छपन २' ले आफ्नो रिलिज मिति तय गरेको छ l मुकुन्द भट्टको निर्देशन रहेको  प्रेमकथामा एक्सन मिसाएर निर्माण भएको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नवीन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रञ्जित ओन्तालगायतले अभिनयमा डेब्यु गर्दै छन् । चलचित्रको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले लेखेका हुन् ।पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजित बास्कोटा, राजेन्द्र भट्ट(एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको चलचित्रमा किङ योगी र दिलीप ओकेधाको कोरियोग्राफी छ । 

गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेसन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाको सहकार्यमा निर्माण भएको चलचित्रमा सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेका छन् ।चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेलफिल्मको निर्माता रहेका छन् ।सिनेमाका सह(निर्मातामा रानु तिमिला, तारा चन्द शर्मा र सुरज केसी छन् । यस्तै अस्ट्रेलियाको लागि सबिन ज्ञवाली र नेपालको लागि समीर खरेल लाइन प्रोड्युसरमा छन् ।