लामो समयको प्रतीक्षा पछि युट्युबमा 'छक्का पन्जा ३' सार्वजनिक भैसकेको छ l बुधवार राती हाइलाइट्स च्यानल बाट रिलिज गरिएको चलचित्रलाई १५ घण्टामा आठ लाख अठसट्ठी हजार एक सय अन्ठाउन जनाले हेरी सकेका छन् भने चलचित्र ट्रेन्डिङको ७ औ नम्बरमा पनि परेको छ l चलचित्रले दर्शकको प्रशंसा पाउनु सँगै कमेन्टमा दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् l ३८ हजार लाइक र ५ हजार डिसलाइक रहेको चलचित्रलाई कमेडी जनारामा निर्माण गरिएको छ l यसो त चलचित्रमा माग्ने बुडा केदार घिमिरेको अभिनय र डाइलग डेलिभरीलाई लिएर दर्शकले कमेन्टमा आफ्नो सकारात्मक व्यक्तिगत बिचार दिएका छन् भने कथालाई दर्शकले अत्यन्तै रुचाएका छन् l नेपाली चलचित्र बजारमा सर्वाधिक कमाइ गर्नेमा चलचित्र छक्का पन्जा सिरिज नै अगाडी आउने गरेको छ l