अभिनेता प्रदीप खड्काले बिहीबार एक कार्यक्रम बिच रिबन काटेर ‘मःम मज्जा : स्वाद घरको’ को उद्घाटन गरेका छन् l नयाँ बानेश्वरस्थित नविल बैंकको भवनमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को उद्घाटन गर्दै नेपाली उत्पादनलाई प्राथमिकता दिनु पर्ने खड्काले  बताएका छन् l प्रदीपको अनुसार ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष मध्यनजर गरिनुका साथै ग्राहकले अर्ग्यानिक मःमको स्वाद पाउनुहुनेछ ।’ मःमको एकदमै पारखी रहेका प्रदीप ‘विशेष त साँधेको मःम  मन पराउँछन् ।  भोक लागेको बेला डेढ दुई प्लेट मःम त खान्छु,’ उनले भने ।

घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको पनि उनले बताए । उनी भन्छन् ‘कफीको चेन भनेझैँ मःमलाई पनि ब्रान्डको रूपमा स्थापित गर्न जरुरी छ । ‘ग्राहकलाई घरको स्वाद दिनका लागि ‘मःम मज्जा’ को आउटलेट सुरु गरेको मम मज्जाका सञ्चालक तथा फिल्म निर्माता शरद श्रेष्ठले बताउनुभएको हो lसञ्चालक श्रेष्ठ फिल्म निर्माण र व्यवसायलाई एकसाथ लैजाने सोचमा छन् ।      सफा स्वस्थ ग्राहकलाई मध्यनजर राख्दै अन्य ठाउँहरूमा पनि यो ब्रान्च स्थापित गर्ने कुरा श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनु भएको छ l