अभिनेता बिराज भट्ट र मिस नेपाल निकिता चान्डक अभिनीत चलचित्र ‘साङ्लो’ युट्युबमा सार्वजनिक भएको छ । बिराजको निर्माण र निर्देशन रहेको चलचित्र गत वर्ष माघमा प्रदर्शन भएको थियो । किड्नी तस्करीको कथालाई प्रस्तुत गरिएको चलचित्रको कथा शिवं अधिकारीले लेखेका हुन् ।बक्सअफिसमा औसत व्यापार गरेको चलचित्रमा बिराज र निकिता सँगै जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, शिशिर भण्डारी लगायत कलाकारहरूको अभिनय छ । यही सिनेमाबाट पूर्व मिस नेपाल निकिता चाण्डकले सिनेमामा डेब्यू गरेकी छन् ।