मोफसलको दौडमा रहेको चलचित्र ‘ग्याङस्टार ब्लुज’ले पोखरामा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार र आइतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै चलचित्र युनिटले पोखराको ट्रेड मलमा शनिवार साँझमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सङ्गीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा र गायिका वाणिमा प्रधानले माहोललाई संगीतमय बनाएका थिए भने चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा र रोजिशा शाहीसँग सेल्फी खिच्नेको ठुलो भिड रहेको थियो ।

आइतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ । सोमबार तथा मङ्गलवार बुटवलमा कार्यक्रमपछि बुधवार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ । त्यसपश्चात शुक्रवार र शनिवार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ । भदौँ २ गते प्रदर्शनमा आउन लागेको चलचित्र ग्याङस्टार ब्लुजलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

चलचित्रको भदौ १ गते पोखरामा प्रिमियर हुने निर्माण पक्षले जनाएको छ । सरोज न्यौपानेको निर्माण रहेको चलचित्रमा आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री द्वय आना शर्मा , रोजिशा शाही , प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।