नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण आयोजना हुने भएको छ। २०२१  जुन १८ देखि २० सम्म हुने महोत्सवको लागी विश्वभर आवेदन खुल्ला गरीनु सँगै  चलचित्रलाई अनलाइन मार्फत पठाउन सकिने छ lवासिङ्टनमा आयोजना गर्न लागिएको महोत्सवमा सिनेमा चलचित्र सम्बन्धीका विवरण तथा नियमहरू संस्थाको वेभ साइटमा उपलब्ध छन् । नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् । प्रदर्शन गरिएका सिनेमा मध्येबाट उत्कृष्ट सिनेमाहरूलाई पुरस्कृत पनि गरिने छ । महोत्सव अवधिभर चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरू पनि आयोजना हुनेछन्।  महोत्सवमा चलचित्र प्रदर्शनपछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि राखिनेछ।