डी अाइजे जोशीको आवाज ,शब्द र कम्पोजमा 'फिँजाइ पंख' बोलको गीत सार्वजनिक भएको छ l दीपक आचार्यको निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् l डी आर जोशीको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोमा गौरव पहारी, बेनिशा हमाल ,कमलमणि नेपाल र सुनिता श्रेष्ठ फिचर्ड छन् l भिडियो लाई उत्सव दाहालले खिचेका छन् l